इटहरी ।  सुन्दरहरैँचा नगरपालिकाÞ–५ बाँसबारीमा रहेको पुल मुनि एउटा बुलेट मोटरसाइकल र शव फेला परेको छ ।प्रहरीले पुल मुनि प्र १–०२–०५० प ८०८४ नम्बरको बुलेट मोटरसाइकल र एउटा शव फेला पारेको हो ।

 मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी अनुमान छ । मोटरसाइकल नजिकै रहेको शव सुन्दरहरैँचा–५ का अन्दाजी ४५ वर्षीय शिवनाथ आचार्यको रहेको बताइएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान साढे ५ बजेतिर स्थानीयले मोटरसाइकलसहित नालीमा खसेको देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।