काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अबदेखि एकजना यात्रुको बिदाई वा स्वागतमा ३ जना मात्रै जान पाइने भएको छ ।
विमानस्थलको टर्मिनल भवन बाहिर अत्याधिक भीड हुन थालेपछि विमानस्थल सुरक्षा समितिले यस्तो निर्णय गरेको हो ।
विमानस्थल परिसरमा अत्याधिक भीड हुँदा भीड व्यवस्थापनमा कठिनाई हुनुका साथै ट्राफिम व्यवस्थापन तथा चोरी नियन्त्रणमा कठिनाई भएपछि यस्तो निर्णय गरिएको विमानस्थल सुरक्षा समितिले जनाएको छ ।
समितिका अनुसार भीडभाड बढी हुँदा पछिल्ला केही महिनायता विमानस्थल परिसरमा दुर्घटनाका घटना पनि बढेका छन् ।


















