काठमाडौँ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधवार) छापावाला सुनको मूल्य  तोलामा ६०० रुपैयाँ घटेर  प्रतितोला  १ लाख १० हजार  रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ५ सय रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ । 

यस्तै आज चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।