काठमाडौंँ । अगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने फिल्म  ‘लुङा’को ‘अल्लारे जोवन’ गीत सार्वजनिक भएको छ । आयुष प्रधानको स्वर, शब्द र संगीत रहेको गीत रोमान्टिक थिममा तयार छ । गीतमा अभिनेता भुवनसिंह राई र अभिनेत्री सारा लोहोरुङ राईबीचको प्रेम, नोंकझोक र परिवारको अवरोधलाई देखाइएको छ । 

किरण राईको निर्देशन रहेको फिल्ममा भुवन र साराको अलवा बुद्दि तामाङ, भिम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीपजंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङ लगायतको पनि अभिनय छ । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा सञ्जीव राई हुन् ।

प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टिआर साम्सोहाङ सह–निर्माता रहेको फिल्मको निर्माणमा भूमि प्रोडक्सनले इस्टन मिडियासँगको सहकार्य गरेको हो ।‘लुङा’मा किरण राईको छायांकन तथा सम्पादन, भुवनसिंह राईको लेखन रहेको फिल्मको पटकथा तथा संवाद प्रयास घिमिरे, निश्चल सापकोटा र भुवन स्वयंले मिलेर लेखेका हुन् ।

भिडियो: