काठमाण्डौ । आज (आईतबार) सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत (शुक्रबार) सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ ।आज चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


















