भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको मृत्यु  भएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका  १८ वर्षीय दिप्सन प्रधानको मृत्यु  भएको हो । 

घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

 घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको जनाईएको छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मृतकका आफन्तले यही असार २४ गते  खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको हो प्रहरीले जनाएको छ ।