बागलुङ । बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ ।
बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ ।

















