विराटनगर । बालुवाटारस्थित ललिता निवास प्रकरणमा जग्गा खरीदकर्ता पक्राउ पर्न थालेपछि विराटनगरका केही व्यवशायीक घरानाका व्यापारीहरु भुमीगत भएका छन् ।

खासगरी ललिता निवासको जग्गा किन्ने भाटभटेनीका मालिक मीनबहादुर गुरुङ समातिएपछि विराटनगरका व्यवशायीहरु पनि भुमिगत भएका हुन् । उनीहरुको नाम पनि जग्गा किन्नेको सुचीमा रहेको बताइएको छ ।

सम्पर्कविहीन हुनेमा सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा र उनका छोरा सन्दीप सारडा, एसियन फुड्सका राधेश्याम सारडा, श्रीनिवास सारडा र संविधानसभा सदस्य पवनकुमार सारडा छन् । 

उनीहरुले कति जग्गा किनेको हो भन्ने बारेमा भने खुलेको छैन । 

जग्गा खरीदकर्ताहरु भने आफूले सबै कागजात दुरुस्त पाएपछि किनेको बताउँछन् । सरकारले र न्यायालयलेसमेत व्यक्तिको नाममा दर्ता गर्न अनुमति दिएपछि आफूहरुले किनेको र पैसा फँसेकोले आफूहरु उल्टै पिडित रहेको बताएका छन् ।