काठमाडौँ  । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । 

पाइलट सहित ६ जना सवार उक्त हेलिकप्टर सोलुखुम्बुकै लामजुरे क्षेत्रसम्म आएपछि सम्पर्क विहीन भएको बताइएको छ । 

हेलिकप्टरको खोजीका लागि अर्को हेलिकप्टर पठाउने तयारी भएको जनाएको छ ।