काठमाडौं । आज (मंगलबार) सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । यही साताको आइतबार यता चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम छ ।

















