काठमाडौँ । गायक तथा संगीतकार बाबुल गिरीको नयाँ गीत ‘माया केही त बोलन’ सार्वजनिक गरिएको हो । संगीत समेत गिरीकै रहेको गीतमा ध्रुव कटुवालको शब्द छ । 

गीतको भिडियोमा राज कटुवाल र शिल्पा पोखरेलले अभिनय गरेका छन् । भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।

असारको धान रोप्ने परिवेशलाई भिडियोमा उतारिएको छ । भिडियोलाई ध्रुव न्यौपानेले निर्माण गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन, शिलन लम्सालको सम्पादन छ ।

भिडियो: