बुटवल ।  गुल्मीमा चट्याङ लागेर १५ बर्सिया किशोरीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा बस्ने  टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ  ।

आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते  भएकी थिइन्। घाइते टीकालाई उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा उपचारको क्रममा मृत्यु भएको  हो ।