झापा । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९, दासढुंगामा बागमती प्रदेश ०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर  दुर्घटना भएको हो ।

रूखमा अड्किएपछि ठूलो दुर्घटना हुन नपाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा ४० यात्रु सवार थिए।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा र आठ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। एक जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।