काठमाडौँ । प्रेम कथानक चलचित्र ‘हिँड्दा हिँड्दै’ को टिजर सार्वजनिक गरिएको छ । भदौ १ गतेबाट प्रदर्शन हुने चलचित्रको करिब एक मिनेट लामो टिजर साइराम पिक्चर्स मार्फत दर्शकमाझ ल्याइएको हो ।  नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा मिलन आले मगर निर्देशित चलचित्रको टिजरमा अभिनेता आकाश श्रेष्ठ र नव अभिनेत्री रेखा शाहबीच प्रेम र बिछोडको कथा देखाइएको छ, साथमा सलोन बस्नेत र सानीया खानलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । 

सुशील पंगेनीको लेखन र निर्माणमा बनेको चलत्रिमा आकाश, रेखा, सलोन ,सानियाका साथमा बिमल श्रेष्ठ, भोला सापकोटा, विशाल श्रेष्ठ, विकास थापा मगर र बालकलाकार अर्विन थिङ्गले अभिनय छ । बिमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्र सुमन तण्डुकारले खिचेका हुन्, भने तारा प्रकाश र किरण माइकलको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्धन्द्ध निर्देशन छ । 

राज लामा निर्माता रहेको चलचित्रको सहनिर्मातामा प्रमोदकुमार तामाङ र महादेव शाह छन् । ‘हिँड्दा हिँड्दै’ लाई आरआर फिल्मस्ले वितरण गर्नेछ । 

टिजर :