काठमाडौँ । नेपाली गीत सङ्गीत बजारमा नयाँ प्रकारको “समलिङ्गी” नामक  म्युजिकल सिनेमा सार्वजनिक छ ।  हालसम्म निस्केको र  बनेको भन्दा फरक कथा र विषय समेटेर भिडियो बनाइएको  निर्माण पक्षको दाबी छ।

शिरिशा पौडेलको शब्द, भीम बिसीको सङ्गीत तथा समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् । दीपशिखा खड्का र सृष्टि खड्का फिचरिङ उक्त भिडियोको सिलन लम्सालले सम्पादन गरेका छन्।

सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक वसन्त सापकोटाले यो म्युजिकल भिडियोमा भने आफू क्रीएटिभ डाइरेक्टरका रूपमा काम गरेका बताए । भिडियोलाई दीपशिखा खड्काले निर्देशन गरेकी हुन् ।

भिडियो: