काठमाडौं । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर तोलामा १ लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार २५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिन मूल्यमा १५ रुपैयाँले घट्दै १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















