काठमाडौं  । मिड सोलु हाइड्रोपावर लिमिटेडले साउन १४ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका ७ लाख ४८ हजार ४०० लाख आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। 

सोमध्ये ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका ३, ४, ५, ६, ७ र ११ का बासिन्दाहरूलाई निष्कासन गर्ने कम्पनीले बताएको छ। 

यस्तै, १ लाख ८७ हजार १०० कित्ता सेयर सो बाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि खुला गर्नेछ।

साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ७४ लाख ८४ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ७४ हजार ८४ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।