काठमाडौँ । सेती खोला हाइड्रोपावर लिमिटेडले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । 

एक सय रुपियाँ अङ्कित दरका ६० लाख कित्ता साधारण सेयर सर्वसाधारण र आयोजनाबाट प्रभावित भएका स्थानीयका लागि जारी गर्ने भएको छ । 

सेती खोला हाइड्रोपावरको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी एक अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी ८८ करोड ४६ लाख ४५ हजार रुपैयाँ रहेको छ ।  

सेती खोला हाइड्रोपावर कम्पनी गत असार २९ गते पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । कम्पनीले कास्कीको पोखरामा पाँच अर्बको लागतमा २२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट वार्षिक १३७.१८ गिगावाट आवर विद्युत् उत्पादन गर्ने जनाइएको छ ।