काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ आज आईतबार बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा उक्त कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो 

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १० हजार १ सय १४ जनाले १०–१० कित्ता र १ जनाले ११ कित्ता पाएका छन् । उक्त कम्पनीको आईपीओका लागि कूल १० लाख ४८ हजार ४ सय ६८ जनाले आवेदन दिएकोमा १० लाख ४७ हजार ३ सय ५ को आवेदन मात्र योग्य भएको थियो ।   

कम्पनीले सर्वसाधारणलाई १ लाख १ हजार १ सय ५१ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।  

कम्पनीले दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ असोज ३ गते देखि विद्युत उत्पादन गरिरहेको जनाएको छ ।