काठमाडौँ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  गत शुक्रबार छापावाल सुनको मूल्य  तोलामा  १ लाख १२ हजार ८०० रुपैयाँमा कारोबार  भएको सुनको मूल्य आज (आइतबार) तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला छापावाल १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । 

आज तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।