काठमाडौँ ।  आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  हिजो (आइतबा) छापावाल सुनको मूल्य  तोलामा  १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार  भएको सुनको मूल्य आज (सोमबार) तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला छापावाल १ लाख १२ हजार  रुपैयाँमा कारोबार भईरहेको छ । 

यससँगै, आज  तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । हिजो आइतबार  तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । हिजो आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १५ रुपैयाँको गिरावट आएको थियो ।