काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ लाख १२ हजारमा कारोबार भएको छापावाल सुन आज तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा २ सयले बढेर प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।