मोरङ । कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नियुक्त भएका अधिवक्ता बुद्धिबहादुर कटुवालले आज ९सोमबार० पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नियुक्त भएका कटुवाललाई उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारूले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्यन्यायाधिवक्ता नियुक्त भएका गजेन्द्र आचार्यले प्रदेश प्रमुख खापुङसमक्ष गत असार २२ गते पदबाट राजीनामा दिएका थिए ।