मोरङ । मोरङका विभिन्न ठाउँमा कोशी प्रदेशका पूर्व मन्त्री तथा माननीय जीवन आचार्यले केही दिन देखि तराइमा अत्याधिक चिसो बढेका कारण आफ्नो पारिश्रमिकबाट विपन्न परिवारलाई कमल वितरण गरेका छन् ।
मोरङको सुन्दरहरैचाका २,३ र ४ नम्बर वाडका १५० जना, बुढिगांगा गाउँपालिका ६ र ७ नम्बर वडाका २५० र विराटनगर महानगर ४ नम्बर वडाका १३० जना गरी ५३० जना विपन्न परिवारका सदस्यलाई अत्याधिक चिसो भएका कारण न्यानोका लागि कमल वितरण गरिएको हो ।
विगत केही दिन देखि तराइमा शीतलहरूका कारण अत्याधिक चिसो बढिरहेको छ । मोरङ क्षेत्र नम्बर ६ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका आचार्यले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गरेर कमल वितरण गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय देखिने आचार्यले संसदबाट पाउने पारिश्रमिकले कमल वितरण गरेको बताएका छन् ।

















