गोठगाँउ /  नेकपा माओवादी केन्द्रको सुन्दरहरैँचा ७ नम्बर वाड समितिको अध्यक्षमा रमेश आचार्य निर्विरोध निर्वाचित भएका छन् । शनिवार गोठ गाउँमा आयोजित विशेष वडा अधिवेशनबाट आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् ।

विशेष अधिवेशनमार्फत आचार्यको नेतृत्वमा २५ सदस्यीय समिति निर्वाचित गरेको छ । अधिवेशनले  उपाध्यक्षमा मन कुमारी विश्वकर्मा, सचिव आशिष लिम्बु, सहसचिव सुजन बास्तोला र कोषाध्यक्षमा सरिता बस्नेत लगायत २५ जनाको समिति निर्वाचित गरेको हो ।

कार्यक्रममा माओवादी केन्द्रका मोरङ जिल्ला संयोजक तथा पूर्व राज्यमन्त्री विजय विश्वासको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरी माओवादी केन्द्रका प्रदेश समिति सदस्य नवीन रिजाल, ईश्वरी आचार्य, लता न्यौपाने, जिल्ला सदस्य गीताप्रसाद श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो भने वाडमा रहेका माओवादी केन्द्रका  नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।