खादबारी । संखुवासभा जिल्ला पाँचखपन नगरपालिका  ६  भिरकुना देखि  वाना भाङ्गटार स्थित पाथीभरा मन्दिर जाने नयाँ  पैदल मार्ग निर्माण गरिएको छ। स्थानीय स्रोत र साधानको अधिकतम  प्रयोग गरि पैदल मार्ग निर्माण गरिएको पाँचखपन नगरपालिका ६ का वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठले बताए ।यो पदमार्ग लाई थप ब्यवस्थित बनाउदै पाथीभरा  मन्दिर परिसर लाई संखुवासभा जिल्लाकै धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन लागि पर्ने जानकारी दिए ।साथै यो पदमार्ग निमाण सगै वाना बजार देखी आधा घण्टाको पैदल यात्रामा पाथीभरा मन्दिरको दर्शन गर्ने सकिन्छ। मन्दिरको दर्शन गरेमा आफुले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

IMG-20240216-WA0008