इटहरी  ।साहित्यकार प्रकट पंगेनी शिवको आज निधन भएको छ।मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा साहित्यकार पंगेनीको ७० वर्षको उमेरमा मङ्गलवार दिउँसो निधन भएको हो ।निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार मणिपाल शिक्षण अस्पताल भर्ना भएका थिए । भेन्टिलेटरमा उपचार गराइराखेका उनको मङ्गलवार दिउँसो निधन भएको हो ।
गीत र गजललाई प्रमुख विधाका रूपमा पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत संग्रह प्रकाशित भएका छन् । यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उनका प्रकाशित कृतिहरू छन् ।