सुनसरी -इटहरीबाट विराटनगर जाँदै गरेको ट्रकले ठक्कर दिँदा २२ वर्षीय युवकको मृत्यु भएको छ ।

बिहीबार बेलुका करिब ७ बजेतिर इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०२–००१ ख ९२६९ नम्बरको ट्रकले दुहबी ८ जुटमिल अगाडि कोसी राजमार्गमा पैदलयात्री जिल्ला बारा माँगढीमाई नगरपालिका ५ घर भइ हाल इटहरी १३ हुलास वयर (फलाम) फ्याक्ट्रीमा काम गर्दै आएका २२ वर्षीय सिकेन्दर राम चमारलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनगर कोसी हस्पिटल पठाएकोमा राति ८ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ