इटहरी । प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सांसदहरूले खर्च कटौतीको प्रस्ताव पेश गर्नेछन् । सांसद पुष्पबहादुर शाहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनेर खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । सांसद अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले विनियोजन विधयेक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।