इटहरी -विगत लामो समय देखि समान वृत्ति विकाश सुनिश्चितताको लागि प्रदेश सरकार तथा राजनीतिक दलहरूलाई दबाब दिँदै आएको प्रदेश लेखा समूहले कोशी सरकारको चाल चलन तथा व्यवहार प्रति असन्तुष्ट जनाएको छ ।
समूहले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार तथा मुख्यमन्त्रीको कार्यालयले पछिल्लो समय गरेको काम कार्वाहि चित्त बुज्दाे नरहेको भनी सुझाव समेत दिएको छ ।
समूहले पछिल्लो समय मुख्यमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयले ज्येष्ठ कर्मचारीलाई कनिष्ठ बनाउने गरी बढुवा लगायत केही क्रियाकलाप गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ सोही प्रतिबद्धता अनुरूप काम गर्ने वातावरण सृजना गर्दै प्रदेश निजामती सेवामा सबैको समान अपनत्व हुनेगरी कार्य अगाडी बढाउन प्रदेश लेखा समूह जोडदार माग गर्दछ ।


















