काठमाडौं । सहकारीको रकअ अपचलन प्रकरणमा हिरासतमा रहेका पूर्व डीआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । चिकित्सककै सल्लाहमा जोशीलाई अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ । जोशीलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हो ।

जोशीले आफूलाई छातीमा असहज महसुस भएको बताएका थिए । त्यसपछि उनको स्वास्थ्य चेक जाँचका लागि अस्पताल लगिएको थियो । चिकित्सकले अस्पताल भर्ना गर्नुपर्ने सल्लाह दिएका थिए । सोही अनुसार उनलाई अस्पताल भर्ना गरिएको हो ।

यता सोही मुद्दामा उही हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने अस्पताल भर्ना हुन नमानेको प्रहरीले जनाएको छ । लामिछानेलाई पनि अस्पताल भर्ना हुन चिकित्सकहरूले सुझाव दिएका छन् । लामिछानेको प्रेसर हाइ भएका कारण अस्पताल भर्ना हुन भनिएको थियो । तर रविले भने अस्पताल भर्ना हुन इन्कार गरेका छन् ।