मोरङ: वरिष्ठ पत्रकार भोजराज घिमिरे नेपाल पत्रकार महासंघ मोरङको प्रदेश परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।नागरिक दैनिक मा काम गर्दै आउनु भएका दमक अनलाइन र सन्सनी साप्ताहिकका सह-सम्पादक, इटहरी खबरका निर्देशक तथा सह-सम्पादक, र रेड एफएमका स्टेशन म्यानेजर तथा सम्पादकको भूमिकामा सक्रिय रहँदै आएका घिमिरेले लामो समयदेखि पत्रकारिता क्षेत्रमा आफ्नो योगदान दिँदै आएका छन्।
घिमिरेको यस उपलब्धिलाई समग्र पत्रकारिता क्षेत्रको लागि प्रेरणादायक मानिएको छ। पत्रकारितामा उहाँले पुर्याएको योगदानको कदर गर्दै धेरैले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
घिमिरेले आफ्नो कार्यकालमा पत्रकारहरुको हितका साथै पत्रकारिता क्षेत्रको विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन्।


















