इटहरी । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्षमा भरतबहादुर खड्का विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनको आज सम्पन्न मतगणनाअनुसार उनी छ सय १४ मतसहित विजयी भएको निर्वाचन अधिकृत यज्ञप्रसाद शर्माले बताए ।
उनका अनुसार उपाध्यक्षमा कुमोद निरौला, महिला उपाध्यक्षमा अम्बिका (चन्द्रकला) भण्डारी, महासचिवमा हिमाकुमारी चेम्जोङ, समावेशी सचिवमा अरविन्दकुमार मेहता र कोषाध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् । खुल्ला सचिवमा यसअघि नै धुव्र भट्टराई निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी, सदस्यमा इन्द्र गिरी, चन्द्रबहादुर कार्की, पर्शुराम थापा, राजकुमारी ओली, रामधन राई, किशोर विश्वकर्मा, खगेन्द्रकुमार राई, लोख्पाजी शेर्पा, अविनाशकुमार निधि, आशीषकुमार यादव र लुकमान अंसारी निर्वाचित भएका छन्।
यसैबिच नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित भएका छन् । अन्तिम मत परिणामअनुसार गिरि एक सय ३१ मतका साथ विजयी भएको निर्वाचन अधिकृत शिरो सान्दाइले जानकारी दिए ।अध्यक्षका प्रत्यासी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकराम नेतीले चार मत प्राप्त गरे ।
त्यस्तै नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन् ।नयाँ कार्यसमितिका लागि शुक्रबार धरानमा सम्पन्न निर्वाचनमा कार्यसमितिको उपाध्यक्षमा अर्जुन सुवेदी, महिला उपाध्यक्षमा यशोदा सेन, सचिवमा पर्शुराम बाह्रकोटी, सह–सचिवमा विकल रेग्मी, सह–सचिव सदस्यमा वीरेन्द्रकुमार साह, कोषाध्यक्षमा बिबेक रेग्मी र आदिवासीतर्फ विजयकुमार राई निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत हर्ष सुब्बाले जानकारी दिए । यस्तै, केन्द्रीय परिषद् सदस्य महिलातर्फ शुभद्रा प्याकुरेल र समावेशी जनजातितर्फ नरबहादुर लिम्बु (प्रदिप मेन्याङ्व) निर्विरोध निर्वाचित भएका छन् ।


















