बेलबारीः बिहीबार साँझ बेलबारी प्रज्ञा–प्रतिष्ठानले बदलिँदो जलवायु र साहित्य विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।
बेलबारी–२ स्थित सुदर्शन रिसोर्टमा भएको कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले बदलिँदो जलवायु परिवर्तनको कारक तत्व मानिस नै भएकाले दैवी प्रकोप भनेर दोष नलगाई वैज्ञानिक ढङ्गले हेरी त्यही अनुसारको समाधान खोज्नुपर्ने बताउनुभयो ।
विशिष्ट अतिथि सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारीले साहित्यमार्फत् जनचेतना फैलाउँदा प्रभावकारी हुने बताउनुभयो ।
विशिष्ट अतिथि बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भुपेन्द्र कोइरालाले विभिन्न योजनाहरू अघि सार्नुभएको थियो ।
सुकुना बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले समयानुकूल संस्कार, संस्कृतिलाई पुनर्जागरण गरी बदलिँदो जलवायु परिवर्तनलाई वैज्ञानिक तरिकाले संरक्षण गर्न र लेखकहरू लेखनीमा लाग्न सुझाव दिनुभएको थियो ।
सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख सत्यनारायण झाले वन र वन्यजन्तुहरू पनि संकटमा परेकाले उनीहरूको संरक्षणको लागि मानव जाति नै लाग्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा सागर ढकालले पनि वैज्ञानिक तथ्यका आधारमा समाधान खोज्नुपर्ने कुरा व्यक्त गर्नुभएको थियो ।
प्रतिष्ठानका सचिव कुलप्रसाद बरालले सन्चालन गर्नुभएको कार्यक्रममा साहित्यकार धनजीत पराजुली, जेबी थुलुङ, सञ्जीव धिमाल, हिरा खड्का अधिकारी, रमेश निरौला, गणेश बिक, प्रकाश भट्टराई, केशु विरही, शेरबहादुर खपाङ्गी, बादलदेवी चाम्लिङ, डा. दीपक न्यौपाने, जुनु बुढाथोकी, नवराज नवशिला आदिको उपस्थिति रहेको थियो ।
समाजसेवी फडिन्द्र निरौला, पार्वती बराल, चन्द्र चेम्जोङ, शान्ता न्यौपाने, तीर्थराज सिग्देल, अर्जुन कुलुङ राई, ऋषिराज राई, सञ्चारकर्मी खेमचन्द्र अधिकारी र अर्जुन कुलुङ आदिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मनकुमार गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतिष्ठानका पदाधिकारीहरू अजित धिमाल, प्रेम गुरुङ, राजु परियार, शेखर थापा मगर, धनजीत पराजुली, लक्ष्मी रेग्मी सुवेदी आदिले अतिथिहरूलाई स्वागत सम्मान गर्नुभएको थियो ।
प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले मानवले आफ्नो स्वार्थ मात्र नहेरी समग्र प्राणीको, वनस्पति जगतको, पृथ्वी र ब्रह्माण्डको हित र संरक्षणको लागि कदम उठाउनुपर्ने साथै स्रष्टाहरूले रचनामा पर्यावरणलाई महत्त्व दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
बेलबारी तथा सुन्दरहरैँचा नगरपालिकाका स्रष्टाहरू, सामुदायिक वनका अध्यक्षहरू तथा समाजसेवीहरूलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजीव गिरी, सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख सत्यनारायण झा, साहित्यकार इरानराईलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।


















