पथरी शनिश्चरे – मोरङको पञ्चायत मावि, पथरीशनिश्चरे-१ का कक्षा ११/१२ का कानुन समूहका विद्यार्थीहरूले लेटाङ नगरपालिकाको न्यायिक समितिसँग अन्तरक्रिया गरेका छन्।

विद्यार्थीहरूले प्रमुख भुपेन्द्र कुमार लावती, उपप्रमुख एवं न्यायिक समितिकी संयोजक कृष्ण कुमारी निरौला पोख्रेललगायत जनप्रतिनिधिहरूसँग न्याय सम्पादन प्रक्रिया, विवाद निरूपण विधि, र कानुनी जटिलताका विषयमा जिज्ञासा राखेका थिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदी, संयोजक जितबहादुर लामा, सदस्य पर्शुराम निरौला, योजना प्रमुख चेतनाथ गौतम, शिक्षक द्वय भूमिप्रसाद पाठक र केशव निरौला लगायतको उपस्थिति रहेको थियो।