पथरी शनिश्चरे– पथरी शनिश्चरे–१ स्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयले आफ्नो ३४औँ अभिभावक दिवस तथा वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा वडा अध्यक्ष भीम कुमार राई प्रमुख अतिथि र निर्देशक मदन बहादुर थापा अध्यक्ष रहेका थिए। प्रधानाध्यापक वीरेन्द्र गुरुङले शैक्षिक योजनाबारे जानकारी गराउँदा, विभिन्न तहका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरे।
कार्यक्रममा दुई दशकभन्दा बढी शिक्षण सेवा गरेका पूर्व शिक्षक तुलसीराम तिम्सिनालाई सम्मान गरियो। विजयी विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरियो।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले विद्यालयको योगदानको प्रशंसा गरे। नगर प्याब्सन अध्यक्ष सन्तोष बस्नेत, विद्यालय संयोजक सुरेश थापा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष हेमबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य रामचन्द्र रानाले राखेका थिए भने सञ्चालन शिक्षक प्रकाश धिमालले गरेका थिए।


















