पथरीशनिश्चरे – नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगरसमितिको आयोजनामा सम्पन्न ‘प्रथम अन्तर स्कुल टिम बुद्धिचाल प्रतियोगिता—२०८१’ मा एभरेष्ट इङ्गलिस बोर्डिङ स्कुलले उपाधि जितेको छ।

९ राउण्डको खेलमा एभरेष्टका सेम्रिल राई, आयुस लिम्बू र सिद्धान्त कन्दङ्वाको टोलीले १७ अंक जोड्दै च्याम्पियन बने। मोरङ मेरिगोल्ड १४ अंकसहित दोस्रो, जबकि बाल जागरण विद्या मन्दिर १३ अंकसहित तेस्रो स्थानमा रहे।

प्रतियोगितामा नगरका १० विद्यालयको सहभागिता रहेको थियो। उत्कृष्ट खेलाडीका रूपमा आयुस लिम्बू, सिद्धान्त कन्दङ्वा र कृष्टि राई पुरस्कृत भए। आयोजकका अनुसार प्रतियोगिता प्रत्येक वर्ष निरन्तर गरिनेछ।