पथरी – मोरङ क्षेत्र नं. ३ का संघीय सांसद डा. सुनिल शर्मा र प्रदेश सांसद मानबहादुर लिम्बुको संयुक्त सम्पर्क कार्यालय पथरी शनिश्चरे-२ बुद्धचोकमा उद्घाटन गरिएको छ।
सांसद शर्माले स्वास्थ्य बीमासम्बन्धी विधेयक संघीय संसदबाट पारित भएको जानकारी दिँदै यसले ऐतिहासिक लाभ पुग्ने बताए। उनले पथरी शनिश्चरेदेखि सलकपुरसम्म २ अर्बभन्दा बढी बजेट प्राप्त भई विकास योजनाहरू अघि बढिरहेको उल्लेख गरे।
कार्यक्रममा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरूले गठबन्धनका प्रतिबद्धता पूरा गर्न सांसदहरूलाई शुभकामना दिए। नेपाल विद्यार्थी संघका नेताहरूले एसियन हाइवे सहरी मापदण्डअनुसार निर्माण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।


















