भोजपुर -भोजपुरको रामप्रसादराई गाउँपालिका महालेखा परीक्षकको ६२औं प्रतिवेदन अनुसार ०.१२% मात्र बेरुजु देखिएको छ।

कोशी प्रदेशको गाउँपालिकामध्ये सबैभन्दा कम बेरुजु देखिएको यस पालिका देशभर छैठौं स्थानमा छ। एलआईएसए मूल्याङ्कनमा ९३ र वित्तीय जोखिम मूल्याङ्कनमा ८५.५ अंक ल्याउँदै जिल्लामा पहिलो भएको छ।

पालिकाले सेवा प्रवाह, पारदर्शिता, न्यायिक समिति, सामाजिक सुरक्षा, शिक्षा, कृषि, पूर्वाधार र जनसहभागितालाई प्राथमिकतामा राख्दै प्रभावकारी प्रशासनिक सुधार गर्दै आएको छ। सुशासन र उत्तरदायिता स्थानीय सरकारको उदाहरणीय अभ्यास बन्न पुगेको छ।