इटहरी — लायन्स क्लब इन्टरनेशनलले प्रदान गर्ने वर्षकै प्रतिष्ठित "अन्तर्राष्ट्रिय लियो अफ दि इयर" अवार्ड नेपालका लियो पारस खतिवडाले प्राप्त गरेका छन्।

लियो क्लब अफ इटहरी इनोभेशनका पूर्व अध्यक्ष तथा हाल बहुजिल्ला खेलकुद संयोजक रहेका खतिवडा सामाजिक सेवा, युवा नेतृत्व र अन्तर्राष्ट्रिय समन्वयमा सक्रिय छन्।

बंगलादेश र भारतमा सम्पन्न इसामे फोरमहरूमा नेपालको प्रतिनिधित्व गरेका खतिवडालाई योजनाबद्ध सोच र योगदानका आधारमा सम्मान दिइएको लियो जिल्ला परिषद अध्यक्ष शिव शंकर मण्डलले जनाएका छन्।

उनको सफलताले सम्पूर्ण नेपाली लियो समुदायको अन्तर्राष्ट्रिय पहिचान मजबुत बनाएको छ।