इटहरी ।  आज अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस अघि गत भदौ २७ गते डलरको मूल्य हालसम्मकै उच्च हुँदा बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा पुगेको थियो ।

आज डलरको बिक्रीमूल्य १४२ रुपैयाँ ३२ पैसा पुगेर नयाँ रेकर्ड कायम भएको हो । आज डलरको खरिददर भने १४१ रुपैयाँ ७२ पैसा रहेको छ ।

आज युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५० पैसा र बिक्रीदर १९२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। आज स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा छ ।

यसैगरी सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ४३ पैसा र बिक्रीदर ११० रुपैयाँ ९० पैसा तोकिएको छ ।