विराटचोकः अर्थमन्त्री रामेश्वर खनालले आज सुन्दरहरैंचाको नेपालीरिका होटलको निरीक्षण गरेका छन् ।
जेनजी आन्दोलनको प्रभावपछि नेपालीरिका होटल पुनः नियमित रूपमा सञ्चालनमा फर्किएको देखेर आफूलाई खुशी लागेको अर्थमन्त्री खनालले बताए।
निरीक्षणका क्रममा अर्थ मन्त्रालयका महानिर्देशक र सचिवको पनि उपस्थिति रहेको थियो ।
अर्थ मन्त्रालयका विशिष्ट व्यक्तिहरूको समर्थन, समझदारी र सहकार्यले निजी क्षेत्रप्रति सरकारको सकारात्मक दृष्टिकोण झल्काएको होटलका प्रबन्ध निर्देशक आकाश दुलालले बताए ।
आगामी दिनमा पनि नेपालीरिका होटल सदैव गुणस्तरीय सेवा, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा योगदान पुर्याउन प्रतिबद्ध रहने निर्देशक दुलालले जनाए ।
आजदेखि विराटनगरमा शुरु भएको विराट ट्रेड एक्स्पोको उद्घाटन गर्न आउनुभएका मन्त्री खनाल सो एक्स्पोको उद्घाटनपूर्व विराटचोकमा आएका हुन् ।


















