इटहरी ।  बुक बिल्डिङ विधिबाट खुलेको पहिलो आईपीओ रिलायन्स स्पिनिङ मिल्सको शेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘आरएसएमएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

सो कम्पनीको १ करोड ९० लाख कित्ता शेयर सूचीकरण हुँदा सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको १०.१४ प्रतिशत सेयर अर्थात् १९ लाख २६ हजार ६०० कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ८९.८६ प्रतिशत सेयर अर्थात् १ करोड ७० लाख ७३ हजार ४०० कित्ता रहेको छ ।

नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । यद्यपि सो आईपीओ सर्वसाधारणले प्रति कित्ता ८२० रुपैयाँ ८० पैसामा र योग्य संस्थागत लगानीकर्ताले न्यूनतम ९१० रुपैयाँमा सो शेयर खरीद गरेका थिए ।

सूचीकृत भएको भोलिपल्टदेखि कारोबारमा आउने हुनाले फागुन ४ गतेदेखि सो आईपीओ किनबेच गर्न मिल्नेछ ।