सुर्खेत । जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ ।


बाख्रा चराउन जङ्गल गएका रोकाय भीरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएका थिए । उपचारका क्रममा उनको आज आइतबार नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।