इटहरीः युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरसँग जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ शुरु भएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सञ्चालित मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्नुभएको छ ।

मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको आयोजकले जनाएको छ ।

मेलाअवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफललगायतका कार्यक्रम निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ ।