इटहरी । बुधबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत ३५२ कम्पनीको १ करोड २६ लाख ५५हजार ३७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज तीन उपसमूहमा हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । सर्वाधिक बढ्नेमा व्यापार समूह रहेको छ । यो समूह आजको दिन १.१८ प्रतिशतले वृद्धि भएको छ ।  

त्यस्तै, म्युचुल फण्ड समूह ०.२५ प्रतिशत र हाइड्रो समूह ०.०१ प्रतिशतले बढेको छ ।  

सर्वाधिक घट्ने उपसमूहमा भने होटल तथा पर्यटन समूह रहेको छ । यो समूह ०.५४ प्रतिशतले घटेको छ ।  

यसका साथै बैंकिङ समूह ०.३८ प्रतिशत, विकास बैंक समूह ०.५० प्रतिशत, फाइनान्स समूह ०.३३ प्रतिशत, लगानी समूह ०.१९ प्रतिशत, जीवन बीमा समूह ०.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२४ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.२४ प्रतिशत, निर्जीवन बीमा समूह ०.१६ प्रतिशत र अन्य समूह ०.२२ प्रतिशतले घटेको छ ।