इटहरी । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.४८ प्रतिशत अर्थात् १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता शेयर ५१ हजार ६०१ पटक किनबेच हुँदा ४ अर्ब ७० करोड ३३ लाख २६ हजार ९४७ रुपैयाँको कारोबार भएको छ ।
आज सामुहिक लगानी कोष समूह मात्रै ०.३२ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक अर्थात १.७१ प्रतिशतले घटेको छ ।
सूचक घटेको बजारमा एभरेष्ट बैंक डिबेञ्चर ०८६ को सर्वाधिक अर्थात् ३४ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आँखुखोला जलविद्युत, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा र सप्तकोशी डेभलपमेन्ट बैंक उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
सूचक घटे पनि कालिञ्चोक हाइड्रोको शेयरमूल्य १५ प्रतिशतले बढ्दा न्यादी हाईड्रोको शेयरमूल्य ९.१६ प्रतिशत र सेन्ट्रल फाइनान्सको सेयरमूल्य ४.७८ प्रतिशतले बढेको छ । विजय लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात ४.६९ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब २० अर्ब ६८ करोड २४ लाख ६२ हजार ३१४ रुपैयाँ कायम भएको छ ।


















