इटहरी ।  लगातार चौथो दिन शेयर बजारमा गिरावट आएको छ । आज शेयर बजारमा प्रि ओपनमै बजार २७.७५ अङ्कले घटेको थियो । नियमित कारोबार समयमा केही सम्हालिए पनि नेप्से हरियो हुन भने सकेन ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.६० प्रतिशत अर्थात १६.२९ अङ्कले घटेर २ हजार ६७२.५८ बिन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३३७ स्टकको ७५ लाख ४८ हजार ५९१ कित्ता शेयर ४४ हजार ६५१ पटक किनबेच हुँदा ३ अर्ब ३८ करोड १३ लाख १८ हजार २४८ रुपैयाँको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका सबै १३ वटै समूह घटेको दिन आज जलविद्युत समूह सर्वाधिक अर्थात १.२० प्रतिशतले घटेको छ ।

घटेको बजारमा आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक २४ करोड ३८ लाख ४३ हजार २३८ रुपैयाँको शेयर किनबेच भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी पावर, खानीखोला हाईड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीको उच्च शेयर कारोबार भएको छ ।

एभरेष्ट कलर लिमिटेडको शेयरमूल्यमा सर्वाधिक १५ प्रतिशतले बढ्दा कालिञ्चोक हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ९३ अर्ब १ करोड १६ लाख ९५ हजार ५०९ रुपैयाँ कायम भएको छ ।