इटहरी ।  आज २ घण्टाको शेयर कारोबार हेर्दा बजार स्थिरजस्तै देखिएको छ । प्रायः महिनाको अन्तिम कारोबार दिन बजार बढ्ने गर्छ । बजारको गति हेर्दा आज पनि बन्द हुने समयमा हरियो हुने सम्भावना देखिन्छ ।

आधा कारोबार दिन (दुई घण्टा) को कारोबार १ अर्ब ९३ करोड १ लाख रुपैयाँ रहेको छ ।

सबैभन्दा धेरै कृषि विकास बैंकको बोण्डको ७० करोड ८७ लाख ९९ हजार रुपैयाँको शेयर किनबेच भएको छ । त्यसपछि उच्च कारोबार गर्नेमा युनाइटेड मोदी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, लिबर्टी इनर्जी र ङादी ग्रुप पावर रहेका छन् ।

सूचक झण्डै २ अंकले घटेर २६४९ बिन्दु आसपास रहेर कारोबार भइरहेको छ । माउण्ट एभरेष्ट पावर डेभलपमेण्टको शेयरमूल्य सर्वाधिक १५ प्रतिशत बढेको छ ।

सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य झण्डै १३ प्रतिशत घटेको छ ।