इटहरीः गत साता सुनको भाउ तोलामा ४ हजार ५०० रुपैयाँ घटेको छ । अघिल्लो साता सुनको मूल्य ३ लाख ३ हजार १ सय रुपैयाँ कायम रहेकोमा असोज ९ गते शुक्रबारसम्ममा ४ हजार ५ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा झरेको हो ।
असोज ४ गते आइतबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो ।
असोज ५ गते सोमबार भने सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर ३ लाख ३ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो ।
असोज ६ गते मंगलबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ निर्धारण भएको थियो ।
असोज ७ गते बुधबार तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
असोज ८ गते बिहीबार सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।
असोज ९ गते शुक्रबार पनि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।


















